९ पुस ०७६, इमाडोल ललितपुर। । ललितपुरको महालक्ष्मी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी दुई जना कर्मचारी पक्राउ गरेको छ । बुधबार साँझ छापा मारेर २ जना कर्मचारी नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनु भयो । पक्राउ पर्नेमा लेखापाल कुवेर केसी र लेखाअधिकृत शिवहरि घिमिरे रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
तर उनीहरुलाई पक्राउ गरिएको कसूरका बारेमा केही पनि बताइएको छैन ।
९ पुस २०७६, बुधबार
0
Shares
प्रतिक्रिया