९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्युटारमा विकास बहस


११ पुस २०७६, शुक्रबार  

0
Shares

बहसमा भाग लिदै सासंद चेतनाथ सञ्जेल ।

१० पुस ०७६, प्युटार । दक्षिण ललितपुरको प्युटारमा विकास निर्माणको बहस भएको छ । स्थानीय नागरिक समाज प्युटारद्वारा आयोजित कार्यक्रममा बुधबार प्रदेश सासंद चेतनाथ संजेल सहभागी हुनुहुन्थ्यो ।
सासंद सञ्जेलले पछिल्लो चरणमा दक्षिण ललितपुरमा तिब्र गतिमा विकाशको परियोजनाहरु अघि बढेको देखेर आफू सन्तुष्ट भएको बताउनु भयो । सञ्जेलले आगामी दिनमा दक्षिण ललितपुरमा उद्योगग्राम शुरु गर्ने योजना पनि सुनाउनु भयो ।
स्थानीय उपभोक्ता समितीका सदस्य कृष्णप्रसाद न्यौपानेले भने निर्माण कम्पनीले स्थानीय जनतालाई समन्वय नगरेको गुनासो गर्नुभयो । दक्ष प्राविधिक र अपरेटर नआएको उहाँको गुनासो थियो ।
यसैगरी अमर कन्स्ट्रक्सन प्राली प्रतिनिधि ( कटिङ मापदण्ड अनुसार नै काम गरिएको,दक्ष प्राविधिक । सबै कामको२०५ काम सम्पन्न । सम्झौता अवधी मङ्सिर २७ भित्रै काम सकिने अवस्था । डिजाईन र इस्टिमेट अनुसार काम गरिएको बताए ।

प्रदेश पुर्वाधार विकास कार्यालयका सब इन्जिनियर ठाकुर प्रसाद बजगाईंले जमिन काट्दा जग्गाधनी नराखेको विषयमा गुनासो पोख्नु भएको थियो । साथै जग्गाधनी घरमा नभएको बेला काम गरेको, ढुंगामाटो वारि र बालीमा थुपारेर बाली नष्ट गरेको दुखेसो पोख्नु भएको थियो ।
कालिदेवि मा विका प्रधानाध्यापक ठाकुर लामाले विद्यालयजस्तो संवेदनशील क्षेत्रमा विकाश निर्माणको काम गर्दा संवेदनशील हुन आग्रह गर्नु भएको थियो ।
स्थानिय नागरिक समाजद्वारा आयोजित छलफलमा कार्यक्रम संयोजक उत्तम कुमार लामाले विकास निर्माणमा भौतिक,प्राविधिक तथा कानुनी समस्या रहेको सुझाउनु भयो । राज्यको जिम्मेवार निकायले नै समस्या समाधानको पहल गर्नु पर्ने उहाको भनाई थियो । उहाले भन्नु भयो,‘विकास को मुख्य हकदार जनता हो । तसर्थ जनताको नै यसका लागि बढी सरोकार हुनुपर्छ र त्यो किसिमको चेतना जागृत जगाउन सचेत गरी काम गर्नुपर्छ ।’
कर्यक्रम पछि विकाश निर्माणमा सहजीकरणका लागि स्थानीय उत्तमकुमार लामाको संयोजकत्वमा इन्द्रबहादुर ग्लान तामाङको सहसंयोजकत्वमा २७ सदस्यीय विकाश निर्माण जनसरोकार समिति निर्विरोध गठन गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ५८ बजे