१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी


११ पुस २०७६, शुक्रबार  

0
Shares

कार्यक्रममा तस्विर खिचाउदै ढकाललगायत ।

११ पुस ०७६, काठमाडौं । उद्यमी चन्द्रप्रसाद ढकालले नेपाली उद्योगीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले गृह जिल्ला बाग्लुङमा आयोजित बाग्लुङ महोत्सवको क्रममा महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासङ्घको आगामी साधारणसभाबाट अध्यक्ष हुने क्रममा हुनुहुन्छ । ढकाल अहिले महासङ्घमा वस्तुगततर्फबाट उपाध्यक्ष हुनुहुन्छ । उहाँले महासङ्घको आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।
ढकाल हाल नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति छन् । ढकाल आईएमई समूह, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं लगानी बोर्डका आमन्त्रित सदस्यसमेत हुनुहुन्छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।