३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेरि पर्यो हुम्लामा हिउ


१७ पुस २०७६, बिहिबार  

0
Shares

हुम्लामा बिहीबार बिहान ११ बजेबाट निरन्तर हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोट

१७ पुस ०७६, हुम्ला । हिमाली जिल्ला हुम्लामा पुनः हिमपात शुरु भएको छ । आज बिहानदेखि हिमपात शुरु हुँदा चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातसँगै जिल्लाको एक मात्र यातायातको साधान हवाई सेवासमेत अवरुद्ध भएको छ । हिमपातका कारण अत्यधिक चिसोले बजारमा चहलपहल कम देखिन थालेको छ ।
जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिका हिमपात भएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पानी पर्न थालेको सर्केगाड गाउँपालिका वडा नं १ का कविन्द्र शाहीले बताउनुभयो । बुधबार रातिबाट मौसम फेरबदल भएसँगै आज बिहानलेखि हिमपात हुँदा चिसोले वृद्धावृद्धा अपाङ्गता र बालबालिका बढी प्रभावित भएका छन् । सदरमुकाम सिमकोटमा रहेका होटल पसल कमै खुलेका छन् ।

बाजुराको सदरमुकाम मार्तडीबाट देखिने गौमुल गाउँपालिका–६ टाँडाकोटमा परेको हिउँ ।

नाम्खा अधिकांश बस्तीमा हिमपातले गाईवस्तुलाई घाँसपात गर्न समेत समस्या भएको पाइएको छ । चिसोले घरभित्रै आगो बालेर ताप्दै बस्नुपर्ने बाध्य भएको नाम्खा गाउँपालिका–१ का स्थानीय प्रकाश लामाले बताउनुभयो ।
दक्षिण क्षेत्रका स्थानीयवासी खुशी

जिल्लाको दक्षिण क्षेत्रका सर्केगार्ड, ताजाकोट, अदानचुली, चङ्खेली गाउँपालिका स्थानीयवासी खुशी देखिएका छन् । पानी परेपछि कात्तिक र मङ्सिर खेतबारीमा छरेको जेठ महिनामा पाक्ने बाली गँहु, जौं, उवा राम्रो हुने भन्दै किसान हर्षित छन् । “यो वर्ष समयमै पानी परेको छ, अन्नबाली राम्रो हुने भयो”, चङ्खेली गाउँपालिका–५ का स्थानीय सुरेन्द्र शाहीले बताउनुभयो । उहाँले दक्षिणी क्षेत्रका अधिकांश स्थानीयवासीका मुहार नै खुशी देखिन थालेको जानकारी दिनुभयो ।
नाम्खा गाउँपालिका सकस
उत्तरी चीनको सीमासँग जोडिएको नाम्खा गाउँपालिकाको अधिकांश बस्तीलाई चिसोले सकस भएको छ । घरभन्दा बाहिर गएर गाईवस्तुलाई घाँस खुवाउन सकस भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो । नाम्खा गाउँपालिका हल्जी, जाङ, तिल, चाला, यारी, मुचु, केर्मी याल्वाङ, च्यादुक, याङ्गार, खगाँलगाउँ, हेप्का, टाङ्गिनलगायतका बस्तीमा समस्या भएको अध्यक्ष लामाले बताउनुभयो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहिबार  ९ : ३८ बजे