लपु संवाददाता
२४ पुस ०७६, इकुडोल । वागमती गाउपालिका ५ इकुडोलमा आगलागी भएको छ । गाउपालिका वडाध्यक्ष साजन दर्लामीका अनुसार राम प्रसाद बजगाईं घरमा विद्युत् सर्ट भएर आगलागी शुरु भएको हो ।
भट्टेडाँडा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक मोहन कुमार भँडेलका अनुसार अनुमानित ३१ लाख ९ हजार क्षति भएको प्रारम्भिक विवरण आएको जानकारी दिनुभयो । उहाँको अनुसार नगद नै ९ लाख पचास हजार जलेको छ ।
प्रहरी सहायक निरिक्षक भँडेलले भन्नुभयो, ‘स्थानीय ३ वटा पानीको पाइपको सहारामा १ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।’
वडाध्यक्ष दर्लामीकाअनुसार बजगाईको कुखुरा फार्मका १ हजार कुखुरा मरेका छन् । सुन र नगद समेत जलेको छ ।
दक्षिण ललितपुरको दुर्गम गाँउ इकुडोलमा करिव ५० किलोमिटर टाढा दमकल जान असम्भव रहेको कारण आगो नियन्त्रणमा लिन कठीन भए पनि खानीखोलाको पानी र पाइपलाइनको सहयोगमा आललागी नियन्त्रणमा लिइएको दर्लामीको भनाई थियो ।
प्रतिक्रिया