३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पृथ्वी जयन्ती मनाइँदै


२६ पुस २०७६, शनिबार  

0
Shares


२७ पुस ०७६, काठमाडौं । नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको दुई सय सन्तानव्वेऔं जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नुभएको थियो । सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो । पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताउनुभयो ।

विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उहाँ पराजित हुनुभएको थियो । १८०१ मा नुवाकोटमा विजयी हुनुभयो । यसैगरी कीर्तिपुरमा पनि उहाँ दुई पटक पराजित हुनुभएको थियो । विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उहाँको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गर्नुभएको थियो । यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उहाँसँग डराएका थिए ।

शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेख्नुभएको थियो । यसैगरी उहाँका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाउनुभयो । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो । नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिनुभएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ११ : ५० बजे