७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोेदावरी सडकको हरिविजोक(तस्विरहरु)


५ माघ २०७६, आइतबार  

0
Shares

टौखेल सडकमा यात्रा गर्दै बटुवा । तस्विरहरु ः ललितपुर खबर

ललितपुरखबर फोटोग्राफी
५ माघ ०७६, गोदावरी । रेडियो, टेलिभिजनमा नेपाल भ्रमण वर्ष २०२० को प्रोमो बजेको बज्यै छ । तर ललितपुरको प्रसिद्ध पर्यटकीय स्थल गोदावरी सडक भने हिलाम्मे छ । धुलाम्मे छ ।

सडकको सास्ती झेल्दै सवारी साधन ।

। सधैजसो आन्तरिक पर्यटकको भीडभाड रहने गोदावरी जाने सडकको सास्ती हरिसिद्धिबाट नै शुरु हुन्छ । मुस्किलले दोहोर गाडी चल्ने साघुरो सडक त्यसमाथि सयौं खाल्टाखुल्टी । पेटीसम्मे सामान राखिएका अव्यवस्थित पसल, टहरा, सडक वरपरका निर्माण सामाग्री भण्डारणले थप सास्ती दिन्छ । कतिपय ठाँउमा घरधनीले भित्तोसम्म गाडी आउने डरले सडकमै ढुंगा थुपारिएको देख्न सकिन्छ ।

सडकमा अलपत्र ह्युम पाइपबाट देखिएको युवकको यात्रा ।

बाँडेगाँउ सिमाबाट गोदावरीसम्म सडक निर्माण त जारी छ तर ठेकेदारले महिनौंसम्म सडक खन्दा गोदावरीबासी आजित छन् ।
यहाँ पानी पर्दा हिलो छ, धाम लाग्दा धुलो ।


पर्खाल लगाउन पसलअगाडि गहिरो खाल्टो खनेर छोड्दा व्यापारी वाक्क छन् । सडकमा ढुंगाको थुप्रोले गाडी चालक दिक्क छन् ।
कछुवा गतिमा सडक निमार्ण भइरहँदा आजकल गोदावरीबासीलाई झमेला झेल्ने बानी परिसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ९ : २२ बजे