९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुमुर्स सुन्तली निर्माण गर्नेे रंगशालाका लागि महायज्ञबाट ५० करोड उठाउने


७ माघ २०७६, मंगलबार  

0
Shares

७ माघ ०७६, चितवन । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ ।
रङ्गशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ । महायज्ञ मूल समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार महायज्ञमा टोल विकास संस्थादेखि ठूला व्यावसायिक घरानासम्मबाट सहयोग सङ्कलनका लागि खाका तयार गरिएको छ । अनुमानित खाकाअनुसार उक्त रकम सङ्कलन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
स्थानीयस्तर, सङ्घसंस्था, गैरआवासीय नेपाली, पालिकाहरु, सहकारी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, निर्माण व्यवसायी, उद्योग, सरकारी कर्मचारी, खेलकूद सामग्री उत्पादक कम्पनी एवं एजेन्सीहरुबाट रकम सङ्कलनको लक्ष्य निर्धारण गरिएको छ । यससँगै तुलादान, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्ती, कलश, दानपेटिका, विवाह, धनधान्याञ्चल खाद्यान्न बिक्री, सौजन्य वस्तुबाट आम्दानी गरिने सुवेदीले जानकारी दिनुभयो ।
कम खर्चमा ठूलो मात्रामा रकम सङ्कलन गर्ने योजनाका साथ महायज्ञ गर्न लागिएको छ । समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न रु ७६ लाख ७६ हजार ५० मात्रै खर्च गर्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणका लागि रु ५० करोड बचाउने योजना बनाइएको चुकेले जानकारी दिनुभयो ।
महायज्ञ सम्पन्न गर्न जिल्लाका सांसद, पार्टीका प्रमुख, प्रशासनिक धुर्मस स्थानीय तहका प्रमुख, उद्योगी व्यवसायी, कानून व्यवसायी, पत्रकारलगायत रहेको एक हजार १११ जनाको मूल आयोजक समिति, २१ जनाको स्टेरिङ कमिटी, २०१ जनाको सचिवालय र ६० उपसमिति गठन गरिएको छ । भरतपुर महानगरपालिकाको रामपुरमा रु दुई अर्ब ५० करोड खर्च गरेर रङ्गशाला निर्माण गरिँदै छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणको नेतृत्व लिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ९ : १९ बजे