३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धादिङमा गाडी दुर्घटना, ६ जनाको मृत्यु, दर्जनौं घाइते


७ माघ २०७६, मंगलबार  

0
Shares

मंगलबार धादिङ ज्वालामुखी ४ स्थित ढोला मण्डलि मन्दिर दर्शन गरेर फर्कने क्रममानिलकण्ठ २ भुलभुलेका तिर्थालुहरु चढेको गाढी दुर्घटनामा परेपछि ।

७ माघ ०७६, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । ढोला मण्डलीबाट धादिङबँेसीतर्फ आउँदै गरेको ग१ख ८०१२ नंको आइचर ट्रक यात्रु बोकेर तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाइतेलाई स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर घाइते ७ जना घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लाने लागिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : ३६ बजे