९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उखु किसान फेरि आन्दोलित


८ माघ २०७६, बुधबार  

0
Shares

काठमाडौंमा आन्दोलनमा सहभागीहरु । फाइल तस्विर ः ललितपुर खबर

०८ पुस ०७६, सर्लाही । सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसान फेरि आन्दोलित भएका छन् । गत पुस १८ गते सरकार र उखु किसान सङ्घर्ष समितिबीच भएको सम्झौतामा माघ ७ गतेभित्र सबै किसानको अघिल्लो वर्षको उखु बिक्रीवापतको रकम भुक्तानी गर्ने सहमति भएको थियो तर तोकिएको समयमा सम्झौताअनुसार चिनी उद्योगले भुक्तानी नगरेपछि किसान आन्दोलित भएका हुन् । भुक्तानीका लागि भोलिसम्म पर्खने र ठोस जवाफ नआए चरणबद्घ आन्दोलनको घोषणा गरेका छन् ।
बुधबार सर्लाही सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषण गरेका छन् । माघ १० गते कृषकले कालोपट्टि बाँधेर काम गर्ने, ११ गतेदेखि १७ गतेसम्म किसान जागरण अभियान सञ्चालन गर्ने र १८ गते गोडैता बजारमा किसानको भेला गराई काठमाडौँ केन्द्रित आन्दोलनको स्वरुप र मिति तय गरिने उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिनुभयो ।
सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले रु १० करोड, अन्नपूर्ण सुगर मिल धनकौलले रु ३५ करोड, श्रीराम सुगर मिल रौतहटले रु ४२ करोड र नवलपरासीको इन्दिरा सुगर मिलले रु ९ करोड भुक्तानी गर्न बाँकी रहेको छ । सोमबारसम्म सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिल बगदहले रु ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले रु तीन करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले रु ७४ लाख रकम भुक्तानी गरेको छ ।
उखु किसानले उद्योगबाट पाउनुपर्ने रु एक अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा रु १५ करोड मात्र भुक्तानी पाएको उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । सरकारले उखु किसानलाई दिने भनिएका प्रतिक्विन्टल ६५ रुपैयाँ ५६ पैसा पाएका छैनन् । अनुदानवापतको रकम रु एक अर्ब ३४ करोड अहिलेसम्म उपलब्ध नगरेपछि किसानले गुनासो गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ११ : २९ बजे