१३ माघ, काठमाडौं । गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । रावत नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।
एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेपछि आस्था रावतलाईअभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।
त्यस्तैगरि अहिले गायिकाराउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।
आस्थाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलेता । प्रहरीले उनी आफैं उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको छ
प्रतिक्रिया