१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्न माग


१४ माघ २०७६, मंगलबार  

0
Shares

१४ माघ ०७६, भक्तपुर । भक्तपुरमा परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नका लागि बहस सुरु भएको छ ।

पछिल्लो समय विस्थापित हुँदै गएको मौलिक सामग्री उत्पादन गर्ने उद्योग रुग्ण बनेकोप्रति चासो व्यक्त गर्दै मानन्धर समुदायले उद्योग सञ्चालनको बहस सुरु गरेको हो । भक्तपुरमा करिव ३ हजार पाँच सय मानन्धर समुदायको बसोबास रहेपनि पाँच घरपरिवारले मात्र मुस्किलले तोरीको तेल उत्पादन गर्दै आएका छन् । त्यो पनि प्राविधिक कारणले बन्द हुने अवस्थामा पुगेको छ । त्यसैले मौलिक पेशा संकटमा परेसँगै मानन्धर समुदायले तोरीको तेल उत्पादन गर्ने उद्योग पुनःसञ्चालनको बहस सुरु गरेका गरेका छन्।

भक्तपुर जिल्ला मानन्धर युवा संघले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष न्हुछेरत्न मानन्धरले समुदायभित्रको पुँजीलाई एकीकृत रुपमा परिचालन गर्नुपर्ने बताएका थिए । “म आफै भक्तपुर चेम्बर अफ कमर्सको पनि अध्यक्ष हुँ । चेम्बरको उद्देश्यसँग मानन्धरहरुको परम्परागत पेशालाई जोडेर उद्योग सञ्चालनको पहल भक्तपुरबाटै गर्नुपर्छ ।” मानन्धरले भने । उनले गुणस्तरीय उत्पादनमा ध्यान दिन सके समुदायको संयुक्त लगानीमा तयार हुने तोरीको तेललाई अन्तर्राष्ट्रिय बजारमा पु(याउन सकिने बताएका थिए ।

त्यस्तैगररि, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा पूरा गर्नेमा मौलिक सामग्रीको उत्पादनले टेवा दिने बताए । आयात कम गरेर निर्यात बढाउन सके सरकारको समृद्धिको नारा पूरा हुने राज्यमन्त्री मानन्धरको भनाइ रहेको थियो ।

संघले राष्ट्रिय जीवनका फरक विधामा योगदान दिएका प्रबुद्ध व्यक्तिलाई सम्मान गरेको छ ।
उक्त कायक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता प्रवीण मानन्धर, भक्तपुर चेम्बर, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षदेखि नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित कार्यसमिति लगायतलाई बधाई तथा सम्मान गर्नु भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ११ : २४ बजे