३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभाको  बैठकमा आठ आयोगको प्रतिवेदन पेश


१७ माघ २०७६, शुक्रबार  

0
Shares

१७ माघ ०७६, काठमाडौं । आजको प्रतिनिधिसभाको  बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभएको छ ।

यस्तैगरी उहाँले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५÷०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गर्नुभयो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  २ : १० बजे