१७ माघ ०७६,ललितपुर । ललितपुरको यातायात कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका१३ कुसुन्तीस्थित यातायात कार्यालयमा बिचौलियाको काम गर्ने कुसुन्ती बस्ने नैकाप घर भएका ३१ वर्षीय राजकुमार दुलाल सहित ५ जनालाई हिजोबिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त कार्यालयमा बिचौलिया काम गरी सेवाग्राहीहरुलाई हैरानी दिएको भन्ने योप्य सचना पाउन साथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया