३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल टेलिभिजनको औपचारिकरुपमा मोबाइल एप सञ्चालमा


२० माघ २०७६, सोमबार  

0
Shares

२० माघ ०७६ काठमाडौं। नेपाल टिलिभिजनले आफ्नो औपचारिकरुपमा मोवाइल एप सञ्चालनमा ल्याएको छ ।३५ औं वार्षिकोत्सवका अवसर पारेर नेपाल टेलिभिजनले मोवाइल एप सञ्चालनमा ल्याएको ।

सिंहदरवारस्थित नेपाल टेलिभिजनको केन्द्रिय कार्यालय परिसरमा आज आयोजित विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिभिजन एपको शुभारम्भ गर्नुभयो । नेपाल टेलिभिजनले पहिलो पटक निर्माण गरी सञ्चालनमा ल्याएको एपबाट नेपाल टेलिभिजनका दर्शकहरुले यसका पाँच वटै च्यानलहरु प्रत्यक्ष रुपमा हेर्न सक्नेछन् ।

त्यस्तैगरि एपमा सबै च्यानलहरुको रियल टाइम प्रशारणका साथै समाचार वुलेटिनहरु, डकुमेण्ट्री, कार्यक्रम, टक शो, रियालिटी शो लगायतका कार्यक्रमहरु दर्शकहरुले आवश्यकता अनुसार हेर्न सक्नेछन् । नेपाल टेलिभिजनका पुराना ऐतिहासिक महत्व बोकेका महत्वपूर्ण डकुमेण्ट्री तथा टेलिभिजनसंग रहेका दृश्यहरुलाई पैसा तिरेर किन्न सकिने भिडियो अन डिमाण्डको सुविधा समेत एपमा उपलव्ध गराइएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : ५१ बजे