८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


लोकगायक बद्री पङ्गेनीलाई पितृशोक


२० माघ २०७६, सोमबार  

0
Shares


२० माघ ०७६, काठमाडौं । लोकगायक बद्री पङ्गेनीलाई पितृ शोक परेको छ । उहाँको पिता बोधराज पङ्गेनीको ७० वर्षको उमेरमा निधन भएको हो ।
काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको परिवारले जनाएको छ । उहाँ दमसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको पाल्पाको रामपुरमा दाहसंस्कार गरिने भएको छ । उहाँका दुई छोरा र एक छोरी छन् । श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश विजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ४ : ४५ बजे