३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभामुख सभामुख सापकोटाविरुद्धको मुद्दाको पेसी स्थगित


२२ माघ २०७६, बुधबार  

0
Shares

२२ माघ ०७६, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएको छ। सर्वोच्च अदालतले आजको ोबुधबारको लागि तोकिएको पेसी स्थगित गरेको छ ।

त्यस्तैगरि यो अगाडीको साप्ताहिक पेसीमा चढेको मुद्दा दैनिक पेसी सूचीमा अझै पनि परेको छैन।

पेसी कहिले चढ्ने भन्ने यकिन नभएको अदालतले जनाएको छ। मुद्दाको पेसी तोक्ने जिम्मेवारी प्रधानन्यायाधीशको हुन्छ।

सभामुखसापकोटाविरुद्ध अदालतमा परेको दुई वटा रिट र अर्को अदालतको अवहेलनासम्बन्धी सापकोटाले हालेको रिटमाथि सुनुवाइ गर्न सर्वोच्चले सभामुख नबन्दै बुधबारका लागि पेसी तोकेको थियो।

त्यस्ते सापकोटाविरुद्ध २०७२ चैत २६ मा अधिकारकर्मी सुशील प्याकुरेललगायतले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दायर रिट, काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी पत्नी पूर्णिमाया लामाले ०६९ मंसिर ७ मा दायर रिट र २०६८ असार ६ मा सापकोटाले दर्ता गराएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी संवैधानिक इजलासमा विचाराधीनमा रहेको छ ।

काभ्रका लामा हत्यामा सापकोटा र सूर्यमान दोङ हात रहेको भन्दै पूर्णिमायाले दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत मिलाइने भन्दै दरपीठ गरेको थियो।

तर, सर्वोच्चको आदेशमा दर्ता गरिएको उक्त मुद्दालाई २०६९ साउनमा मन्त्रिपरिषद्ले तामेलीमा राख्ने निर्णय गरेको थियो।

त्यसपछि मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले ११ मंसिर २०६९ मा अर्को आदेश जारी गरेको थियो।

उक्त मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासले त्यसमुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन गत असार २५ गते आदेश जारी गरेको थियो।

सर्वोच्चको संवैधानिक इजलास शाखाका अनुसार पूर्णिमायाले सापकोटा र दोङविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएको लिखित उजुरीको प्रतिलिपि आयोगले अदालतलाई पठाइसकेको छ।

आयोगमा पूर्णिमायाको उजुरी १४९२ नम्बरमा दर्ता छ। सर्वोच्चले सापकोटाविरुद्ध परेका मुद्दा र रिटलाई लगाव ९एउटैमा समेटेर० गत २५ असारदेखि सुनुवाइ सुरु गरेको थियो।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटालाई मन्त्री पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै मानव अधिकारवादी संस्थाहरूले रिट दायर गरेका थिए।

पछि सर्वोच्चले ‘जाहेरी पर्दैमा सार्वजनिक पदमा बहाल हुन रोक लगाउन अन्तरिम आदेश गर्नु नपर्ने’ भने पनि सापकोटविरुद्धको अभियोगमाथि अनुसन्धान कारबाही अगाडि बढाई त्यसको जानकारी अदालतलाई गराउन परमादेश जारी गरेको थियो।

काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो।

पूर्णिमाको रिट यसअघि १८ पटक पेसीमा चढेको थियो भने प्याकुरेललगायतले दायर गरेको रिट ७ पटक पेसीमा चढेको थियो।

यस्तै सापकोटालाई पक्राउ गर्न र सभामुख नबनाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले मुद्दाको अनुसन्धान जारी राख्न र ३० दिनभित्र प्रगति प्रतिवेदन अदालतमा बुझाउन गृह मन्त्रालयका नाममा आदेश जारी गरेको थियो।

काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो।

पूर्णिमाको रिट यसअघि १८ पटक पेसीमा चढेको थियो भने प्याकुरेललगायतले दायर गरेको रिट ७ पटक पेसीमा चढेको थियो।

यस्तै सापकोटालाई पक्राउ गर्न र सभामुख नबनाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले मुद्दाको अनुसन्धान जारी राख्न र ३० दिनभित्र प्रगति प्रतिवेदन अदालतमा बुझाउन गृह मन्त्रालयका नाममा आदेश जारी गरेको थियो।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १ : ३५ बजे