११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आइसिसी विश्वकप लिग दुई : नेपाललाई १९८ रनको लक्ष्य


२२ माघ २०७६, बुधबार  

0
Shares

२२ माघ ०७६, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै १९७ रन बनायो । त्यसै क्रममा ओमानका मोहम नदिमले ६९ रन बनाउनुभयो । उहाँले दुई छक्का र पाँच चौका प्रहार गर्नुभयो ।

 

यस्तै सन्दीप गौडले ३३, नशिम खुशीले २८, जेशन मक्सुदले २० र अकिब ल्यासले १६ रन बनाउनुभयो । बलिङतर्फ नेपालका लागि करन केसीले चार, सुशन भारीले तीन तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । आजको खेलमा सन्दीप लामिछानेले भने दर्शकलाई निराश पार्नुभयो । उहाँले कुनै विकेट लिनसक्नुभएन । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले आठ ओभर खेल्दै दुई विकेट गुमाएर १२ रन बनाएको छ । नेपालका पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् । पारसले तीन तथा ज्ञानेन्द्रले एक रनमात्र बनाएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ४ : ४९ बजे