३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीन पुल निर्माण अन्तिम चरणमा


२३ माघ २०७६, बिहिबार  

0
Shares


२३ माघ ०७६, काठमाडौं । चीन सरकारले निर्माण गरेको कोटेश्वर–कलङ्की सडकमा नेपाल सरकारले निर्माण गरिरहेका छ पुलमध्ये तीन वटाको निर्माण अन्तिम चरणमा पुगेको छ । झण्डै १० किलोमिटर लम्बाइको सडकमा चीन सरकारले तीन आकाशे पुल निर्माण गरेको थियो । सरकारले दुई वर्ष पहिले नै छ आकाशे पुल निर्माण शुरु गरेको थियो ।
एकान्तकुना, सातदोबाटो र बालकुमारी पुलमा निर्माणको काम अन्तिममा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले बताउनुभयो । उहाँका अनुसार यी तीन स्थानमा नै झण्डै ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बल्खु, सानेपा र थसिखेलमा भने निर्माण सुस्त छ । यहाँको आकाशे पुलको अवधि सकिएर एक वर्ष थप भएको छ । उहाँले भन्नुभयो,“सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनले निर्माणाधीन योजनामा अवधि थप्ने व्यवस्था रहेकाले सोही अनुसार अवधि थपिएको हो ।”
नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकमा चीन सरकारले सम्झौतानुसार नै कोटेश्वर, धोबीघाट र बिएण्डबि अगाडि गरी तीन स्थानमा आकाशे पुल निर्माण गरेको थियो । सडक निर्माण हुँदादेखि नै पैदलयात्रुलाई आवतजावत गर्न कठीन भएको भन्ने धेरैले गुनासो आइरहेको थियो । सोही आधारमा सरकारले प्रत्येक एक किमी फरकमा एउटा आकाशे पुल पर्ने गरी छ स्थानमा पुल निर्माण गरेको हो ।
नेपाल सरकारले आठ लेन सडकको बाहिरपट्टी दुबैतर्फ एकएक लेनको ‘सर्भिस ट्र्याक’ निर्माण गरिरहेको छ । चीन सरकारले नै निर्माण गर्न लागेको चक्रपथको दोस्रो खण्ड ९कलङ्की–महाराजगञ्ज–चावहिल० मा प्रत्येक एक किमीमा एउटा आकाशे पुल निर्माण गर्ने गरी डिजाइन गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ६ : ४९ बजे