३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीन दिन लगातार झरि पर्ने


२३ माघ २०७६, बिहिबार  

0
Shares

२३ माघ ०७६, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी आज विशेष बुलेटिन जारी गर्दै भोली शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने जनाएको हो ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि भोलिदेखि तीन दिनसम्म मौसम गढबढ हुनेछ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको छ । आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भेगका धोरै स्थानमा र मध्य तथा पूर्वीपहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा समान्यतया सफा रहनेछ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे छ । आज काठमाडाँैको न्यूनतम तामक्रम तीन दशमलब नौ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ९ : २४ बजे