२४ माघ ०७६, काठमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य प्रतितोलामा रु ४ सय बढेको छ । नेपाली बजारमा आज सुनको मुल्य प्रतितोलामा रु ४ सय बढेर रु ७५ हजार ६०० कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
त्यस्तैगरि आज छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० मा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३००मा कारोबार भएको छ । र चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएर प्रतितोला रु १० ले बढेर रु ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
प्रतिक्रिया