१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा बाँदर आतंक


२५ माघ २०७६, शनिबार  

0
Shares


२५ माघ ०७६, भट्टेडाँडा । दक्षिण ललितपुरमा बाँदर आतंकले स्थानीय किसान हैरान भएका छन् ।
भट्टेडाँडा आँपडाँडा नगेन्द्र घिमिरेले बाँदर आतंकका कारण बारीमा खेती गर्न छोडेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,‘वाली लगाएर के गर्नु सबै बाँदरलाई ठिक्क ।’
बारीमा लगाइएको वालीमा दर्जनौंको संख्याका बाँदर पसेर खाने गरेको घिमिरेले बताउनु भयो । केही दिन अघि बारीमा लगाएको मुला खबै बाँदरले खाएका कारण तरकारी समेत अभाव भएको घिमिरे बताउनु हुन्छ ।
भट्टेडाँडामा मात्रै होइन ललितपुर बुखेलमा रमेश घिमिरे पनि बाँदर आतंकका कारण सास्ती बेर्होनु परेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, अघिल्लो साल मकै खाएर हैरान भयो । यसपल्ट केराउको सत्यानास ।

दर्जनौंको संख्यामा हिड्ने बाँदर धपाउन समेत मुस्किल पर्ने गरेको घिमिरे बताउनु हुन्छ । उहाँका अनुसार बाँदर धपाउदा बाँदरको हुल उल्टै चिथोर्न आउछन् ।
दक्षिण ललितपुरको भट्टेडाँडा,शंखु,इकुडोल,प्युटार, माल्टा, गिम्दी,आश्राङ्गलगायत हरेक जसो गाँउमा बाँदर पसेर बाली नष्ट गर्ने गरेका छन् । स्थानीयबासीका अनुसार धेरै घर भएको गाँउमा त्यती समस्या नभए पनि जंगल छेउका बस्ती र एकान्तमा रहेको खेत बासीका बाली बाँदरले नष्ट गर्ने गरेका छन् ।
केही समय अघि दक्षिण ललितपुरको जंगलमा २ गाडी बाँदर लगेर खोडेको ललितपुर प्युटारका राम घिमिरे बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘स्थानीय प्रशासनले निगरानी नगर्दा शहरका जन्तु गाँउमा छोडिन्छन् । हामीलाई सास्ती छ ।’ उहाँका अनुसार बेला बेलामा गाँउका जंगलमा हिड्न नसकेका गाँई गोरु अलपत्र छोडिएको भेटिने गरेको छ ।
पछिल्लो दिन काठमाडौंबाट भुस्याहा कुकुर समेत लगेर छोड्ने गरेको हुँदा गाँउ गाँउमा कुकुर आतंक मच्चिएको छ । आजकल गाँउमा रोगी कुकुर डुलिरहेको देख्न सकिन्छ ।
केही बर्षदेखि डेडु दुम्सी र चराचुरुङ्गीले बालीनाली नष्ट गर्दा हैरान दक्षिण ललितपुर बासी बाँदरको आतंकपछि अप्ठ्यारोमा छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ११ : ५४ बजे