१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालोपत्र गर्न माग गर्दै पाटन सुन्धाराबासी आन्दोलित


२५ माघ २०७६, शनिबार  

0
Shares

स्थानीयबासीहरुले बीच सडकमा राखेको विरोध स्वरुप राखेको बोर्ड । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२५ माघ ०७६,सुन्धारा । सुन्धारा सडक लामो समयसम्म कालोपत्रे नगरेपछि पाटनबासीले विरोधस्वरुप साइनबोर्ड राखेर विरोध जनाएका छन् । विगत दुई बर्षदेखि भत्केको सडक कालोपत्र नगर्दा आक्रोसित स्थानीयबासीले विरोधस्वरुप यो बोर्ड राखेका हुन् ।


२ महिनाअघि सडक कालोपत्र गर्न माग गर्दै स्थानयिबासी सडक विभागमा डेलिगेसन गएका थिए । मेलाम्चीले काम सकेको पत्र पाउनासाथ सडक कालोपत्र हुने आश्वासन पाएका स्थानीयबासीको माग पुरा नहुँदा यसरी सडक वोर्ड राख्न बाध्य भएको वडासदस्य जीवन गोविन्द बैद्यले बताउनु भयो ।


सडक कालोपत्र नभएपछि आन्दोलनका कार्यक्रम गर्न बाध्य भएको वडासदस्य बैद्य जिकिर गनर््ुहुन्छ । ‘सडक सधै खनेको छ, धुलो धुवाको सास्ती कति सहने ?उहाँ प्रतिप्रश्न गर्नुहुन्छ ।
आफ्नो माग पुरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने उहाले बताउनु भयो ।


हुँदाखाँदाको सुन्धारा सडक मेलाम्ची खानेपानी आयोजनाले ५ पल्ट खनेको कारण यो हालत भएको स्थानीयबासी बताउँछन् । दायाबाया र मुख्य पाइप राख्न सडक ५ पल्ट खनिएको थियो ।
उही सडक भएर पर्यटकहरु सौगलस्थित महाबौद्धको दर्शन गर्न पुग्छन् । सडक पेटीविहीन साधुँरो सडकमा धुलो खाँदै पर्यटक ओहोरदोहोर गर्छन ।
ललितपुर महानगरले पर्यटन बर्ष केन्द्रिय कयौं कार्यक्रम गरिसकेकोछ । तर सडकमा पर्यटकहरले धुलो खाएको खायै छन् । एक स्थानीयले आक्रोस पोखे ।
ग्वार्काे मंगलबजारको सुन्धारा खण्ड पर्ने यो सडक ललितपुर महानगरको ६,१२ र ८ नम्बर वडा हो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ५ : ५२ बजे