१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘सेल्फी किङ’को टिमद्वारा बोनम्यारो पीडित कलाकार मनोजलाई आर्थिक सहयोग


२६ माघ २०७६, आइतबार  

0
Shares

२६ माघ ०७६, काठमाडौं । बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकलाई नेपाल राष्ट्रिय मोडलिङ संघ नेपालले दुई लाख बिस हजार दुई सय बिस रुपैया सहयोग गरेको छ ।

संघले हिजो शनिबार कमलपोखरीस्थित बिगमुभिजमा फिल्म ‘सेल्फी किङ्ग’को एक विषेश शो आयोजनागरि उक्त रकम सहयोग गरेको छ ।मनोज बोनम्यारो रोगबाट केही समयदेखि पिडित भएको हँुदा उपचारका लागि संघले रकम सहयोग गरेको हो ।

त्यस्तै शोमा पुर्व परराष्ट्र राज्यमन्त्री तथा दक्षिण कोरियाको लागि नेपाली निबर्तमान राजदुत अर्जुनजंग बहादुर सिंह र मोडलिङ संघका अध्यक्ष दिनेश शाहीले मनोजलाई सहयोग रकम प्रदान गरेका थिए ।

‘परिवारको आर्थीक अवस्था मजबुत नहुँदा मनोजको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ’ मोडलिङ संघका अध्यक्ष शाले भने ‘उपचारका लागि केही सहयोग होस् भनेर फिल्मको बिषेश शो गरिएको बताए।’

सहयोग गरिएको रकममा ‘सेल्फी किङ्ग’को बिषेश शोबाट उठेको रकममा मोडलिङसंघको तर्फबाट समेत आफुले केही थपेर सहयोग गरेको शाहील् जानकारी दिए।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।