७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


कोरोना भाइरसबाट बच्न नमस्कार अभियान


२६ माघ २०७६, आइतबार  

0
Shares


२६ माघ ०७६, काठमाडौं । महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरना भाइरसजस्ता सङ्क्रामक रोगको सङ्क्रमण फैलिएका बेला बच्नसमेत सहयोग पुग्ने भएकाले पनि यो अभियान आवश्यक रहेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो ।
नीति वचनमा पनि ‘अभिवादन शीलस्य नित्यं वृद्धोपसेविनः । चत्वारि तस्य वर्धन्ते आयुविद्या यशो बलम् ।।’ अर्थात् नित्य आफूभन्दा अग्रजलाई नमस्कार गर्ने, ज्येष्ठ नागरिकको सेवा गर्ने व्यक्तिको आयु, विद्या, यश र बल बढ्छ भनिएको छ । यो संस्कारलाई नेपालीको घरघर र मनमनमा पु¥याउन कोषले अभियान शुरु गरेको उहाँले बताउनुभयो ।
“अभियान शुरु गरिसकेपछि हामी किराँतेश्वर सङ्गीत आश्रमको औपचारिक कार्यक्रममा गएका थियौँ, त्यहाँ हामीले कसैसँग हात मिलाएनौँ, सबैलाई नमस्कार ग¥यौँ, यसलाई सबैले सहर्ष स्वीकार गर्नुभयो, त्यस कार्यक्रममा सहभागीले पनि हात नमिलाई नमस्कार अभिवादनमै लाग्ने प्रतिबद्धता जनाउनुभयो”, सदस्य सचिव ढकालले भन्नुभयो ।
यसवर्षको महाशिवरात्रिदेखि कोषले नमस्कार गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । नेपालीले आफ्ना संस्कार र संस्कृति भुलेर पश्चिमी संस्कार नै आफ्नो संस्कार सम्झन थालेकाले जागरणका लागि यो अभियान शुरु गरिएको हो । यो अभियान शुरु भएसँगै अब पशुपति क्षेत्रमा आउने जोसुकै भक्तजनलाई हात नमिलाई नमस्कार अभिवादनमा लाग्न आह्वान गरिएको कोषले जनाएको छ ।
कोषले विसं २०७४ चैत २० गतेदेखि पशुपति क्षेत्रबाट मगन्तेरहित अभियान शुरु गरेको थियो । त्यसलाई अहिले काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभर लागू गरिरहेको छ । रचनात्मक कामको शुरुआत पशुपति क्षेत्रबाट भएकामा दर्शनका लागि त्यहाँ पुग्नुभएका मुगुका चन्द्रमान मल्लले स्वागत गर्नुभयो । अरू पनि यस्ता राम्रा कामको शुभारम्भ पशुपतिबाट हुने आशा गरिएको उहाँले सुनाउनुभयो ।
यस्ता अभियानबाट राष्ट्रियता र राष्ट्रिय भावनाको विकासमा समेत योगदान पुग्ने प्रतिक्रिया पशुपति क्षेत्रमा आज नमस्कार अभियानमा सहभागी बझाङकी निर्मला नेपालीले गर्नुभयो । संस्कार र संस्कृति बिर्सिएर नाराले मात्र राष्ट्रियता प्रवद्र्धन नहुने भएकाले यस्ता रचनात्मक काममा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : २४ बजे