१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन बारको काम अरुले सिक्नु आवश्यक


२६ माघ २०७६, आइतबार  

0
Shares


२६ माघ ०७६, पाटन । कानून व्यवसायीको सबैभन्दा धेरै सदस्य सङ्ख्या भएको उच्च अदालतको बार एशोसिएशन पाटनले आज ४० औँ स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा पाटक उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बारले अदालतलाई सक्रियरूपमा सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभयो । अदालत र बारबीचको समन्वय, नयाँ प्रवेशी कानून व्यवसायीलाई प्रशिक्षण दिने, रक्तदानजस्तो जनउत्तरदायी काम गर्नु बारले गरेका महत्वपूर्ण काम भएको उहाँको भनाइ थियो ।
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अरु बारले पनि सिक्नुपर्ने तरिकाले पाटन बारले काम गरिरहेको उल्लेख गर्दै देशभरिको नमूना बारका रूपमा काम गरेकोप्रति खुशी व्यक्त गर्नुभयो ।
सो बारका अध्यक्ष रामचन्द्र सिम्खडाले नेपालमा सदस्य सङ्ख्याको हिसाबले सबैभन्दा बढी सदस्यता भएको बारले वार्षिकरूपमै कार्यक्रम बनाएर सोहीअनुरुप काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले नवप्रवेशी कानून व्यवसायीलाई तालीम दिने गरेको, बार र बेन्चबीच प्रभावकारी भूमिका खेलेको र स्वतन्त्र न्यायपालिका र कानूनी शासनका लागि बारले अग्रणी भूमिका खेलेको बताउनुभयो ।
सो बारमा दुई हजार ७०० भन्दा बढी सदस्य छन् । आफ्नो स्थापना दिवसका अवसरमा बारले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा ५८ जना कानून व्यवसायीले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ३७ बजे