१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेपाल एअरलाइन्स फागुन १९ देखि जापानको नारिता उड्ने


२७ माघ २०७६, सोमबार  

0
Shares

नेपाल एअरलाइन्स ।

। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

निगमको जहाज बिहान १ः२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि उडान गरिने र सोही दिन अपरान्ह् ६ः२५ बजे काठमाडौँमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ । हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौँबाट नारिताका लागि एकतर्फी रु ३७ हजार र दुईतर्फी भाडा रु ७३ हजार निर्धारण गरिएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५÷२५ किलोका दुई ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३÷२३ किलोका दुई ब्यागेजको सुविधा पाउने छन् ।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले ट्रान्जिटको झन्झट समाप्त हुनेछ । नारिता उडानका लागि यात्रुको उत्साहवद्र्धक बुकिङ भइरहेको निगमको वाणिज्य विभागले उल्लेख गरेको छ । मुख्य पर्यटकीय मौसम भएकाले पनि यात्रुको आवतजावत राम्रै हुने निगमको अपेक्षा छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।