१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वागमती गाँउपालिकामा प्रहरी गठन, नेकपाको विरोध


२८ माघ २०७६, मंगलबार  

0
Shares

बैंठकमा सहभागी अध्यक्ष विरवहादुर लोप्चनलगायत ।

लपु संवाददाता
२८ माघ ०७६, भट्टेडाँडा । दक्षिण ललितपुरको वागमती गाँउपालिकामा गाँउ प्रहरी गठन हुने भएको छ । वागमती गाँउपालिकाको छैटौं गाँउसभामा पेश भएको विद्ययक बहुमतले पास गरेपछि अव वागमतीमा गाँउ प्रहरी गठन हुने निश्चित भएको हो ।
गाँउ प्रहरी गठनमा नेकपा सम्वद्ध जनप्रतिनिधिहरुले लिखित रुपमा असहमती पेश गर्दा गर्दै बैठकले पेलेर विद्ययक पास गरेको वडाध्यक्ष साजन दर्लामी मगरले ललितपुर खबरलाई जानकारी दिनु भयो । उहाँले भन्नुभयो, वडाध्यक्ष नवराज सञ्जेलले औचित्य सहित प्रहरी आवश्यक नरहेको लिखित पेश गर्दा गर्दै विद्ययक पास गरिएको छ । यसमा हाम्रो गम्भिर असहमती छ ।’ गाँउ सभामा सहभागी नेकपाका १४ जनाकै असहमती रहेको उहाले बताउनु भयो ।
गाँउसभामा नेपाली काँग्रेसको दुई तिहाई छ ।
विद्ययक पास भएपछि वडाध्यक्ष साजन दर्लामी मगरले फेसबुकमा दुईतिहारीको दम्बले विप्लव लह लगाउन गाँउ प्रहरी गठन गरिएको भन्दै विरोध गरेपछि वागमतीको प्रहरी गठनको विवाद सतहमा आएको हो ।
गाँउपालिकाको अधिकार प्रयोग गरेर विद्ययक पास गरेको गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चनले जानकारी दिनुभयो । ‘हामीले गाँउ हुने विपतमा आवश्यक प्रहरी खटाउन गाँउ प्रहरी गठन गर्न लागेका हौं ।’ उहाँले भन्नु भयो ।  गाँउपालिकाको प्रहरी गठन गर्ने अधिकार गाँउपालिकाको हो कि होइन ? भन्दै उहाले प्रतिप्रश्न गर्नुभयो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १० : ४० बजे