३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालीलाई कोरोना भाइरसग्रस्त चीनबाट शनिबार ल्याइने


२९ माघ २०७६, बुधबार  

0
Shares

२९ माघ ०७६, काठमाडौं । छिमेकी मुलुक चीनको उवान शहरमा नोवल कोरोना भाइरसको त्रासमा रहेका उत्पत्तिस्थल चीनको हुबेई प्रान्तमा रहेका नेपालीहरुलाई नेपाल सरकारले शनिबार नेपाल लयाउने भएको छ । यहाँ रहेका नेपाली विद्यार्थी लिन नेपाल एअरलाइन्सको जहाज चीनतर्फ जाँदैछ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले त्यहाँका नेपालीलाई फर्काउने निर्णय गरेको हो ।

केही दिन अघि चीनिया दुतावासको अनुरोधपछि १८० जना नेपालीहरुले नेपाल फर्कन अनलाइन आवेदन दिएका थिए ।
चीनबाट ल्याइने यी नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिने बताइएको छ । तर बस्तीका बीचमा कोरोना भाइरस संक्रमणका आशंका गरिएको व्यक्तिहरुलाई राख्ने निर्णयले रोग फैलने त्रास बढेको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् ।
सरकारले कडा सुरक्षाबीच विद्युत प्राधिकरणको भवनमा बन्दोबस्तीको सामान जुगाढ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय,स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, भक्तपुर तथा तीनवटै सुरक्षा निकाय र स्थानीयबीच मंगलबार भएको छलफलपछि खरिपाटीमा ‘आइसोलेसन सेन्टर’ राख्न दिने सहमति भएको थियो । चीनबाट फर्कने नेपालीबाट भाइरस वरपर नसर्ने सम्पूर्ण व्यवस्था मिलाइने सरकारले मिलाउने बताएपछि स्थानीयबासीले ‘आइसोलेसन सेन्टर’ राख्न दिन सहमत भएका हुन् ।
कोरोना भाइरसको संक्रमण भए नभएको थाहा पाउनका लागि १४ दिनको चिकित्सकीय निगरानी आवश्यक पर्छ
चीनबाट ल्याइने यी विद्यार्थीहरुको चिकित्सकहरुले निरन्तर निगरानी गर्नेछन् । यसका लागि ८६ जना डाक्टर खटिने छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ८ : ५१ बजे