३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्से सामान्य अङ्कले बढ्यो


२९ माघ २०७६, बुधबार  

0
Shares

२९ माघ ०७६, काठमाडौं । साताको चौथो दिन आज बुधवार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४.६० ले वृद्धि भई एक हजार ३४५.९७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.१९ ले वृद्धि भई २८५.५६ मा पुगेको छ ।

नेप्से सामान्य अङ्कले बढेता पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । त्यस्तै कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर रु एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २.९८, विकास बैंक ८.३८ र जलविद्युत् ६.९९ बिन्दुले घटे । यस्तै व्यापार १३.४५, होटल ३.८७, वित्त ३.८२, निर्जीवन बीमा ८०.९७, उतपादन २४।४१, अन्य १०.१९, लघुवित्त ५५.६३, जीवन बीमा ५८.६३ र सामूहिक लगानी कोष ०.०४ ले वृद्धि भएको छ ।
कारोवारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु नौ करोड ९७ लाख ४६ हजार ६७१ मूल्य बराबरको शेयर कारोवार भएको छ । त्यस्तैगरि शिवम् सिमेन्ट रु नौ करोड ८४ लाख ४५ हजार ८०, एनआइसि एशिया बैंक रु छ करोड २४ लाख ५३ हजार ८५०, स्वरोजगार लघुवित्त विकास बैंक रु पाँच करोड छ लाख ६५ हजार ४३३, एनएमबी बैंक रु चार करोड ३७ लाख १६ हजार ७००, लुम्बिनी जनरल इन्स्योरेन्स रु तीन करोड ६२ लाख ६४ हजार ३२१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ५५ लाख ६७ हजार ७३३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

त्यस्तैगरि आज सेन्ट्रल फाइनान्स ९.९३, गुराँस लघुवित्त वित्तीय संस्था ९.८७, स्पर्श लघुवित्त वित्तीय संस्था ९.१४, स्वदेशी लघुवित्त वित्तीय संस्था ८.९२, कालिका पावर कम्पनी ८.०८ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले ७.४६ प्रतिशतले कमाएका छन् । त्यस्तै, यूनाइटेड मोदी ३.५३, ज्योति विकास बैंक ३.०७, बरुण हाइड्रोपावर ३.०३, नेपाल फाइनान्स २.९६, जानकी फाइनान्स २.७३ र हिमालयन ऊर्जा विकास कम्पनी २.७२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : ५७ बजे