१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाँगुनारायणका वडाध्यक्षहरु खरिपाटीमा क्वारेन्टाइन राख्ने निर्णयको विरोधमा


२९ माघ २०७६, बुधबार  

0
Shares

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवन खाली गराउँदै, तीनदिन अघि दुईवटा भवन खाली गराएपनि आज थप दुईवटा भवन खाली गराएको छ । तस्वीर ः रमेश गिरी\रासस

२९ माघ ०७६, चाँगुनारायण । खरिपाटीस्थित विद्युत् प्राधिकरणको भवनमा चीनबाट ल्याइएको विद्यार्थी राख्ने सरकारको निर्णयविरुद्ध चाँगुनारायण नगरपालिकाका वडाध्यक्षहरुले विरोध गरेर पत्रकार सम्मेलनको बहिस्कार गरेका छन् ।
कार्यक्रममा सहभागी वडाध्यक्षहरुले भने कार्यक्रम बहिष्कार गरेको बताउँदै केन्द्रीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरी लाद्ने प्रयास गरेको भन्दै जनताको भावनाको कदर गर्न आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पनि सरकारी निर्णयमा असन्तुष्टि जनाउनु भएको थियो । सरकारसँग प्राधिकरणको खेर गएको एउटा भवन वा जग्गा नगरपालिकाको भवन निर्माणलाई दिन वा मानव अङ्ग प्रत्यारोपण केन्द्रको डायलोसिस केन्द्र बनाउन दिन माग गर्दा नदिने तर जोखिम भएका व्यक्तिलाई राख्न भने यही ठाउँ रोज्नु गलत भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले स्थानीय बासिन्दाका लागि खरिपाटीस्थित सामुदायिक भवनमा नेपाली सेनाको एक, भक्तपुर अस्पतालको एक गरी दुई चिकित्सक सहितको टोलीले स्थानीय नागरिकको पनि निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गरिने बताउँदै स्थानीयवासीमा सङ्क्रमण भए सरकारले जिम्मा लिने बताउनुभयो ।
सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य विभागले आज चाँगुनारायण नगरपाकिालमा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गरी कार्य गरिरहेको जनाएको छ । चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीलाई स्वदेश फर्काउने सन्दर्भमा खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण गरेको क्वारेन्टाइनमा सङ्क्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा काम भइरहेको उहाँले बताउनुभयो । चीनबाट ल्याइने नेपालीमा भाइरसको सङ्क्रमण नहुने दाबी गर्दै उहाँले अन्तर्रा्ष्ट्रिय मान्यता अनुसार क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको बताउनुभयो ।
चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालीम केन्द्रमा राखिने भएको उहाँले जानकारी दिनुभयो । क्वारेन्टाइनमा उपयोग गरिने तालीम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित सङ्क्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा फडिन्द्रप्रसाद बरालले बताउनुभयो ।

क्वारेन्टाइनमा रहेका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शङ्का हुनासाथ उपचारका लागि अस्पतालमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ । डा बरालले चीनमा स्वास्थ्यपरीक्षण गरेर सङ्क्रमण नभएकालाई ल्याउने र एयरपोर्टमा पुनः स्वास्थ्य जाँच गरी त्यहाँबाट पाँचवटा बसमा हालेर खरिपाटीको क्वारेन्टाइनमा राखिने उहाँले जानकारी दिनुभयो ।
क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा महिला र निर्देशकको क्वाटरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : १४ बजे