३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीले संसद्मा शनिबार सम्बोधन गर्ने


२ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

२ फाल्गुन ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा भोली शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिनुभयो ।

त्यस्तैष्रि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ।

सरकारको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो । तर संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले आजको संसद बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको .।
आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको स‌ंसद सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : १४ बजे