१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तापक्रम निरन्तर बढ्दो क्रममा


३ फाल्गुन २०७६, शनिबार  

0
Shares

३ फाल्गुन०७६, काठामाडौं। काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए ।

उनले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने जानकारी दिए। फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । “जाडो मौसमको अन्यतिर बिहान बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा गर्मी हुने हुन्छ,” मौसमविद् आर्यालले भन्नुभयो । उपत्यकासहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा दिउँको समयमा गर्मी महसुस गरिएको छ ।

त्यस्तैगरि अहिलले देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै दिपालयको न्युनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव एक डिग्री सेल्सियस, धनगढीको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस, सिमराको न्युनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १ : ४७ बजे