१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चिडियाघरको आम्दानी १४ करोड


३ फाल्गुन २०७६, शनिबार  

0
Shares


३ फागुन ०७६, जावलाखेल । ललितपुरको जावलाखेलमा रहेको चिडिया घरबाट सरकारलाई राम्रो आम्दानी भइरहेको देखिएको छ ।
गतआर्थिक वर्षमा चिडियाघरले अवलोकनकर्ताबाट १४ करोड रुपैयाँको आम्दानी गरेको सूचना अधिकारीको भनाई छ । गएको बर्ष चिडियाखानामा लगभग एक लाख स्वदेशी र विदेशी पाहुना जीवजन्तु हेर्न पुगेका थिए । चिडियाखाना अवलोकन गर्न १२ वर्षमुनि उमेरकालाई ५० रुपैयाँ, विद्यार्थीलाई १००, सर्वसाधारणलाई १५०, सार्क राष्ट्रका पाहुनालाई २२० र अन्य देशका नागरिकलाई ७५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । अघिल्ला आर्थिक बर्षमा भने अवलोकनकर्ताबाट १२ करोड रुपैयाँ आम्दानी भएको थियो ।


हाल चिडियाखाना ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । चारैतिर जीवजन्तु रहेको चिडिया घरको बीचमा ठुलो पोखरी छ । यस पोखरीमा आगन्तुक डुंगा चड्न सक्छन् भने हाँसलगायतका जलचर प्राणी यही पोखरीमा सयर गर्छन् । १ सय २७ प्रजातिका १ हजार २ सय १९ जीवजन्तु छन् । केही वर्षअघि ८ सय जीवजन्तु रहेको यहाँ गत वर्ष धेरै चरा ल्याइएकाले संख्या बढेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ४ : २१ बजे