१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खोकनामा पर्यटन महोत्सव हुँदै


३ फाल्गुन २०७६, शनिबार  

0
Shares

फाइल तस्विर

३ फागुन ०७६, खोकना । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खोकना पर्यटन महोत्सव २०७६’ आयोजना हुने भएको छ । लपु महानगरपालिका र वडा नं २१ को संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी यहीे फागुन ९ देखि ११ गतेसम्म उक्त महोत्सव हुन लागेको हो ।
खोकनामा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न महोत्सवले निकै सहयोग गर्ने महोत्सवका संयोजक तथा वडा नं. २१का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसमा खोकनाको प्राचीन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाजा तथा खानाका परिकार, स्थानीय जीवनशैली, रहनसहन, भेषभूषा, स्थानीय सीप र कलाको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।”
खोकना उपत्यकाको दक्षिण भेगमा अवस्थित सांस्कृतिक, धार्मिक र पुरातात्विक सम्पदाले भरिपूर्ण प्राचीन ऐतिहासिक स्थल रहदा यहाँ रहेका मूर्त र अमूर्त सम्पदा २०७२ सालको विनाशकारी भूकम्पले क्षतविक्षत् बनाउँदा यसको रक्षा गर्दै अघि बढ्न महोत्सव एक विशेष माध्यम बन्ने महर्जनले बताउनुभयो ।
महोत्सवमा झण्डै ४० देखि ५० प्रदर्शनी कक्ष हुनेछन् । यसमा लाखे नाच, सांस्कृतिक कार्यक्रम, खोकनाको पुराना सामग्री प्रदर्शनी गरिनेछन् । संयोजक महर्जनले थप्नुभयो, “महोत्सव सञ्चालन गर्न महानगरपालिकाले रु १२ लाख ५० हजार, प्रदेश सरकारबाट रु दुई लाख ५० हजार र वडा २१ बाट रु पाँच लाख गरी कूल रु २० लाख खर्च हुने अनुमान गरिएको छ ।” उक्त तीन दिने महोत्सवले खोकना गाउँलाई अझ महत्वपूर्ण ग्रामीण पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरी पर्यटनको दिगो विकासको साथै नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान खेल्ने भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ८ : ३२ बजे