१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा गुञ्जियो ‘चीन हामी साथमा छौं’


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

सद्भावना प्रर्दशनमा सहभागीहरु । तस्विर ः ललितपुर खबर

४ फागुन ०७६,पाटन । उहानलगायत विभिन्न शहरमा हालै भेटिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण अप्ठ्यारोमा परेको चीन सरकारलाई सान्त्वना दिन ललितपुरको पाटनमा आइतबार सद्भव कार्यक्रमको आयोजना गरिएको छ ।
कोरोना भाईरस प्रकोपबाट गुज्रिरहेको चीनलाई हामी साथ छौं लेखिएको व्यानर प्रर्दशन गर्दै पाटनस्थित मंगलबजारमा भेला भएका अरनिको सांस्कृतिक एवं ब्यावसायिक प्रवर्द्धन सम्बद्ध विद्यार्थीहरु, स्थानीय, विदेशी पर्यटकहरू, सांसद, राजनैतिक दल प्रतिनिधिहरुको सहभागिता थियो । कोरोना भाइरसबाट मृत्यु भएका चीनियाहरुको चीर शान्तिको कामना गर्दै पीडित बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै को आयोजनामा आज पाटन दरवार क्षेत्रमा एक कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष अजरमान जोशीले बताउनु भयो । उहाँले भन्नुभयो,‘चीन नेपालको एक असल छिमेकी मित्र राष्ट्र हुनुका साथै परापूर्वकाल देखि हाम्रो सांस्कृतिक सम्बन्ध रहेको छ ।’
कार्यक्रममा मित्रराष्ट्र चीन हामी साथमा छौं भन्दै सहभागीहरुले नारा घन्काएका थिए ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ६ : ३८ बजे