३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्से बिस अङ्कले वृद्धि, दुई अर्बको कारोवार


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

५ फाल्गुन ०७६, काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढेको छ । आज विभिन्न चार कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको छ ।

तयस्तैग्ीर सेन्सेटिभ परिसूचक १.५८ ले वृद्धि भई २८५.८२ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा परेको छ । कूल १७६ कम्पनीको ४१ लाख पाँच हजार १३४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोवार भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । वित्त ३।३४, अन्य २.६८ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ । यस्तै बैंकिङ ५.१५, व्यापार ११.०२, होटल ६.९५, विकास बैंक ४.५४, जलविद्युत् ९.४५, निर्जीवन बीमा ४१६.७९, उत्पादन ५३.९४, लघुवित्त ५७.८१, जीवन बीमा ३९८.६९ ले बढेको छ ।

कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको रु १८ करोड चार लाख २० हजार ३१५ बराबरको कारोवार भएको छ । त्यस्तै शिवम् सिमेन्ट रु १३ करोड पाँच लाख २६९, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड ४७ लाख ११ हजार ४४७, सूर्या लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ९६ लाख ७३ हजार ७०, शिखर इन्सुरेन्स कम्पनी रु छ करोड ७८ लाख ८९ हजार २६३, नेपाल इन्सुरेन्स कम्पनी रु पाँच करोड ७७ लाख ७७ हजार ४१ र नेको इन्सुरेन्स कम्पनी रु पाँच करोड ६८ लाख १४ हजार ८१४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

बजारले ‘बुलिस ट्रेन्ड्र’ पछ्याउँदा विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक प्रभाव देखिएको छ । राधी विद्युत् कम्पनी ९.४९, एनएलजी इन्सुरेन्स ९.४६, ङादी ग्रुप अफ पावर ९.२४, नेपाल हाइड्रो ९.२३ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ९.१० प्रतिशतले कमाएका छन् ।

त्यस्तै नबिल ब्यालेन्स फन्ड दोस्रो ६.६७, सेन्ट्रल फाइनान्स ५.८८, जानकी फाइनान्स ५.०२, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स ३।५७, नबिल इक्विटी फन्ड ३.१७ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले २.८१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : ३० बजे