१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

५ फाल्गुन ०७६, भक्तपुर। चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि गरिएको छ ।

स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले त्यहाँका स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी दिनुभयो । उहाँले आज आइवारदेखि चिकित्सकसहितको हेल्थ डेक्स राखिएको र स्थानीयवासीको निःशुल्क स्वास्थय परीक्षणदेखि आवश्यक परेमा निःशुल्क उपचारसमेतको व्यवस्थापन गर्न लगाइएको जानकारी दिनुभयो ।

त्यस्तैगरि चाँगुनारायण–७ घुमाउनेस्थित सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक चिकित्सक र एक नर्ससहितको टोलीले आजदेखि हेल्थ डेक्स स्थापना गरेको छ । हेल्थ डेक्समा अस्पतालका डा मञ्जु बज्राचार्य र नर्स मैया नायवाको टोलीले स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिरहेको छ । डा बज्राचार्यले आज १०ः०० बजेदेखि निःशुल्क हेल्थ क्याम्प सञ्चालन गरेको जानकारी दिँदै हेल्थ डेक्समा आउने स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण एवं निःशुल्क औषधि वितरणका लागि आवश्यक औषधिसमेत ल्याइएको जानकारी दिनुभयो ।

भक्तपुरका स्थानीयवासीहरुका लागि निशूल्क परिक्षण प्रत्येक दिन १०ः०० बजेदेखि ३ः०० बजेसम्म हेल्थ डेक्स सञ्चालनमा रहने बताउँदै डा बज्राचार्यले आज पहिलो दिन भएकाले होला स्वास्थ्य परीक्षणका लागि कोही नआएको जानकारी दिनुभयो । नियमितरूपमा कम्तीमा १४ दिनसम्म यस स्थानमा हेल्थ क्याम्प सञ्चलन हुने भएको छ । क्वारेण्टाइनमा बस्नेका लागि हरेक दिन स्वास्थ्यजाँच गर्दा त्यहाँका स्थानीयवासीको पनि स्वास्थ्य जाँच गर्नुपर्ने नगरप्रमुख मिश्रको भनाइ छ ।

नगरप्रमुख मिश्रले स्थानीय बासिन्दा त्रासमा रहेको र कतिपयले बस्ती नै छाड्न थालेको बताउँदै स्थानीयवासीको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी केन्द्रीय सरकारले लिनुपर्ने अडान रहेको बताउनुभयो । स्थानीयवासी अझै पनि डराइरहेकाले ज्वरो तथा रुघा आएमा अत्तालिन सक्ने भन्दै हेल्थ डेस्क आवश्यक रहेको उहाँको भनाइ छ । सरकारले आज १७५ नेपालीलाई ल्याएर क्वारेण्टाइनमा राखेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ८ : १९ बजे