१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका पुर्वमेयर शाक्यको निधन


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

पुर्व मेयर स्व. बेखारत्न शाक्य ।

४ फागुन ०७६, ललितपुर । ललितपुर महानगरका पुर्व मेयर बेखारत्न शाक्यको निधन भएको छ । २०४९ सालमा शाक्य मेयरमा निर्वाचित हुनुभएको थियो ।
८९ वर्षको उमेरमा शाक्यको आफ्नै निवास सानेपामा निधन भएको परिवारश्रोतले जानकारी दिएको छ । उहााको आइतबार नै शंखमुलमा सद्गति गरिएको छ । शाक्य प्रजातन्त्र सेनानी सङ्घ ललितपुरका पूर्वअध्यक्षसमेत हुनु हुनथ्यो ।
नेपाली काँग्रेसद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले शाक्यको निधनले आफूलाई दुःख लागेको बताउनु भउको छ ।‘ काँग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शाक्यको निधनको खबरले मलाई अत्यन्तै दुःख लागेको छ, कठिन परिस्थिति, प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन र नेपाली काँग्रेसको सङ्गठन निर्माणमा उहाँले पु¥याउनु भएको योगदानको म उच्च सम्मान गर्दछु’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ११ : ५२ बजे