३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्वंसभामुख महराको फैसला सोमबार आउने


५ फाल्गुन २०७६, सोमबार  

0
Shares


५ फागुन ०७६,काठमाडौं । जिल्ला अदालत काठमाडाँैले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारका लागि तोकेको छ ।
जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आइतबार सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै सोमबारका लागि राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार फैसला आउनेछ । पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा राखिएको छ । महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ७ : ४१ बजे