३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धनगढीमा सुदूरपश्चिम साहित्य र खाना महोत्सव हुँदै


५ फाल्गुन २०७६, सोमबार  

0
Shares


०५ फाल्गुन ०७६, कैलाली । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटल सङ्घ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो ।

त्यस्तैगरि महोत्सवमा २५ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहने छन् । एक हजार लिटरको भाडामा फाणो पकाउने तयारीसमेत गरिएको छ । सोही अवधिमा धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलनको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
सप्ताहव्यापी विश्व नेपाली साहित्य सम्मेलनमा साहित्यकारको सहभागिता रहने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको कला र संस्कृतिका बारेमा सबैलाई जानकारी गराउन र अन्य ठाउँको कला र संस्कृतिबारे जानकारी लिन महोत्सवको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

महोत्सवमा देशभित्रका २०० बढी साहित्यकारको सहभागिता हुने भएको छ । साथै भारतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर, भुटान, बर्मा, अमेरिका, बङ्गलादेशलगायतका देशका साहित्यकार आउने बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : ३९ बजे