३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कालापानी निरिक्षण नगरि फर्किए रक्षामन्त्री पोखरेल


५ फाल्गुन २०७६, सोमबार  

0
Shares

रक्षामन्त्री इश्वर पोखरेल ।

५ फागुन ०७६, दार्चुला । जिल्ला सदरमुकाम खलङ्गाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्कन ुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल हेलिकोप्टर अवतरण गर्न बाक्लो हिउँ जमेको भन्दै फर्किनुभएको छ ।
त्यस क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले बताउनुभयो । “हेलिकोप्टर ल्यान्ड हुने अवस्था भएन”, उहाँले भन्नुभयो, “हेलिकोप्टरबाटै भारतीय भारतले अतिक्रमण गरेको क्षेत्र हेरियो ।”
भारतले तीन–तीन किलोमिटर क्षेत्रमा राखेका सुरक्षा पोष्ट देखाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रोतिर निकट भविष्यमै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बिओपी) राख्ने प्रस्तावित स्थलसमेत देखाइएको छ ।” सीमा निरीक्षणमा उपप्रधानमन्त्री पोखरेलका साथमा सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्यद्वय मानबहादुर धामी र गेल्बुसिंह बोहरा तथा उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठलगायत १० जनाको टोली सहभागी थियो ।
कालापानीमा सेना राख्दै आएको भारतले पछिल्लो समय आफ्नो नक्सामा समेटेपछि नेपाल र भारतबीच विवाद रहेको छ । नेपालले उक्त भूमि कुनै हालतमा फिर्ता ल्याउने बताउँदै आएको छ । सीमा क्षेत्र निरीक्षणपछि सदरमुकाम खलङ्गामा प्रेस सङ्गठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले नेपालका सीमा क्षेत्रमा क्रमशः सुरक्षा पोष्टहरु थपिँदै जाने बताउनुभयो । उहाँले व्यासमा सशस्त्र प्रहरी राख्ने निर्णय भइसकेकाले त्यस क्षेत्रमा बाह्रैमास सुरक्षाकर्मीको उपस्थिति रहने बताउनुभयो ।
“भारतसँग सीमाको विषयमा सरकारले कुराकानी गर्छ”, रक्षामन्त्री पोखरेलले भन्नुभयो, “सुगौली सन्धिपछि नेपाल सरकारले भारतलाई डेप्लोमेटिक नोट लेखेको यो पहिलोपटक हो, हामी भारतसँग सीमाको विषयमा आँखा जुधाएरै छलफल गर्छौं, कुरामात्र हैन, नेपालको भूमि भएको तथ्यसहित बुझ्ने गरी बुझाउँछौँ ।”

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ९ : ५८ बजे