१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विकाश नभएको भन्दै ललितपुरमा चिन्ता


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares

५ फागुन ०७६, ललितपुर । ललितपुरको विकास निर्माणमा उल्लेखनीय प्रगति हुन नसकेको भन्दै ललितपुरका नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ललितपुरले आयोजना गरेको ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगत बीच सहकार्य’ विषयक अन्तरिक्रिया विषयको म’द्दामा पेचितलो तर्क उठेको हो ।

बाग्मती प्रदेश सांसद राजकाजी महर्जनले ‘सक्नेलाई आँट्ने, नसक्नेलाई ढाँट्ने परिपाटीको विकाश भएको तर्क गर्दै जग्गा प्लटिङ र नदी दोहनका कुरा उठेका विषयमा चासो प्रकट गर्नु भयो । उहाँले दक्षिण ललितपुरमा सरकारले विकास निर्माणका काममा तीब्रता दिइरहे पनि त्यहाँका नागरिकहरु सदरमुकामतर्पm बसाई सर्ने प्रवृतिले त्यो विकाश निर्माण कसका लागि भन्ने प्रश्न उठेको बताउनु भयो ।
नेपाली कांग्रेस ललितपुरका नेता रविन्स शर्माले पार्टी वा विचार समूहबाट प्रभावित नभई वेथितिका विषयमा अगुवार पत्रकारले निर्भिकताका धारणा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘विकासको पुर्वाधार निर्माणमा अघि जान सकेन । हामी सदरमुकाम केन्द्रित हुदाँ स्थानीय तहक ाबिकृति बाहिर आउँन सकेनन’ ।

ललितपुर बार एशोसिएसनका अध्यक्ष अर्जुन महर्जनले संघीय लोकतन्त्र नेपालमा तीन तहका सरकारबीच कामकार्वाहीमा द्वन्द्व रहेको उल्लेख गर्दै दिगो विकासका लागि समुदायलाई उत्पादनसँग जोड्नु पर्ने खाँचो औँल्याउनु भयो । उहाँले विकासका लागि नेपाली भूगोल, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्था अनुसारको विकास लक्ष्य तय गरेर अघि बढ्नु पर्ने म विषयमा जोड दिनुभयो ।

व्यावसायी गोपाल सञ्जेलले स्थानीय तह र वडाका प्राथमिकता निर्धारण गरेर अघि बढ्नु पर्ने खाँचोे औँल्याउनु भयो । उह

गैरसरकारी संस्था महासंघ ललितपुर अध्यक्ष टिकाराम दाहालले स्थानीय क्षेत्रको विकासका लागि महत्व दिएर योजनाबद्ध विकासमा नागरिक समाज र पत्रकारबीचको सहकार्यमा जोड दिनुभयो ।
अधिकारकर्मी बद्रिप्रसाद सिवाकोटीले विकास निर्माणका नाममा डोजर संस्कृति मौलाएकोमा चिन्ता व्यक्त गर्दै नागरिकको आवाजलाई मुखरित बनाउन संचार जगतले खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो ।
अधिकारकर्मी रोशनी कर्माचार्यले भौतिकपुर्वाधारको विकासमाला परवाही भएको बताउनुभयो । ‘जताततै वेथिति छ, सरकार र जनप्रतिनिधिको चासो भौतिकविकासमा छ तर मानवीय विकास भनिए समुदायमा दीर्घकालीन असर पर्छ, त्यस विषयमा समयमै ध्यानदिनु पर्ने खाँचो छ,’– उहाँले भन्नुभयो ।
इन्सेक ललितपुरका प्रतिनिधि दीपकप्रसाद घिमिरेले विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचसुमधुर सम्बन्धको खाँचो औँल्याउदै समाजमा सकरात्मक रुपान्तरणका लागि साझा पहल हुनु पर्ने बताउनु भयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ३० बजे