३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


महालक्ष्मी नगर र कान्तिपुर कलेजवीच समझदारी


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares


४ फागुन ०७६, ललितपुर । ललितपुरको महालक्ष्मी नगर र कान्तिपुर इन्टरनेशनल कलेजवीचसमझदारी पत्रमा हस्ताक्षर गरी सम्झौता भएको छ ।
सम्झौता पत्रमा नगरका मेयर रामेश्वर श्रेष्ठको उपस्थितीमा कलेजका प्रिन्सिपल प्रा. डा. जीवराज पोखरेल र नगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद रेग्मी हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा उल्लेख भएअनुसार महालक्ष्मी नगरले वार्षिक कार्यक्रमका शहरी योजना, सम्पदा संरक्षण, वास्तुकला तथा इन्जिनियरिङ सम्बन्धी काम अध्ययनका लागि कलेजका बिद्यार्थी तथा प्राध्यापकहरुलाई अनुमति दिनेछ र कलेजले यस सम्बन्धमा आवश्यक सल्लाह दिनेछ । नगरपालिकालाई आवश्यक परेमा कलेजले विद्यार्थी तथा प्राध्यापक एवं विज्ञहरूलाई परिचालन गरी कामसम्बन्धी ईञ्जिनियरिङ सेवा प्रदान गर्नेछ ।
नगरपालिकाका ५ जना बिद्यार्थीका लागि भर्नाको विश्वविद्यालयको नियमानुसार जेहेन्दार तथा बिपन्न छात्रवृत्ति पाउने छन् । नगरपालिका र कलेजले सार्वजनिक कार्यक्रमहरुमा एकले अर्कालाई पूर्व जानकारी दिने र आवश्यक सहयोगको आदान प्रदान गर्ने छन् ।
कलेजले ईञ्जिनिरियरिङ सेवाको माध्यमबाट सामाजिक बिकास र सम्पदा संरक्षणलगायत सामुदायिक बिद्यालयको उत्थानमा योगदान दिने छ ।
कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले इन्जिनियर जस्ता प्राविधिक जनशक्तिले भौतिक पूर्वाधार निर्माण गर्दा दुरदर्शी भई फोहर ब्यबस्थापनको पाटोलाई एकदम ध्यान दिएर सेफ्टी ट्यांकी राख्दा सिल्ड म्यानेजमेन्टलाई ध्यान दिन आग्रह गर्नुभयो ।
प्रिन्सिपल प्रा. डा. पोखरेलले नेपालमा पहिलो पटक निजी ईञ्जिनिरियरिङ कलेज र स्थानीय सरकारअन्तर्गतको नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर भएका दावी गर्नुभयो।
नेपाल इन्जिनियरिङ परिषदका रजिष्टार ई. खेमराज रेग्मीले अव परिषदले डाक्टरले एमबिबिएस पास गरी सकेपछी काम गर्न नेपाल मेडिकल काउन्सिलको परिक्षा पास गर्नुपर्ने भएजस्तै अव इन्जिनियर पनि नेपाल इन्जिनियरिङ परिषदको परिक्षा पास गर्नुपर्ने कानुन बन्दै गरेको बताउनुभयो । इन्जिनियरिङका बिद्यार्थीले नोटकापी पढ्ने भन्दा पनि टेक्स बुक पढ्नुपर्ने सुझाव पनि दिनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : २८ बजे