
६ फाल्गुन ०७६,ललितपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ ।
अल्सर रोगबाट पीडित पूर्वसांसद ज्ञवालीको उपचारको क्रममा ललितपुरमा रहेको अल्का अस्पतालमा निधन भएको हो । उनको उमेर७६ वर्षका थियो ।
त्यस्तैगरी कांग्रेसको गुल्मी जिल्ला कार्यसमितिका प्रथम सभापतिसमेत रहेका ज्ञवाली २०४८ सालको निर्वाचनमा गुल्मीबाट निर्वाचित भएका थिए ।
ज्ञवालीको निधन प्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो सम्वेदना व्यक्त गरेका छन् ।







प्रतिक्रिया