३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभाका अध्यक्षद्वारा खरिपाटी क्वारेन्टाइनको अनुगमन


७ फाल्गुन २०७६, बुधबार  

0
Shares

७ फाल्गुन ०७६ भक्तपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ ।

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज खरिपाटी पुग्नु भएका अध्यक्ष तिमिल्सिनाले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सिसी क्यामराको माध्यमबाट भिडियो कुराकानी गर्नु भएको थियो ।

त्यस्तैगरी कन्ट्रोल कक्षबाट उहाँले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिनुभएको हो । क्वारेन्टाइनभित्र रहेका नेपालीले सरकारले पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै उहाँले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्धारा उनीहरुको अवस्थाबारे थप जानकारी लिनुभएको थियो ।

राष्ट्रियसभाका अध्यक्षलाई नेपाली सेनाका कर्णेल शिव पौडेलले त्यहाको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । क्वारेन्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २५० जनाको टोली खटिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : ५० बजे