१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिका


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

८ फाल्गुन ०७६, ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले नैतिक शिक्षामा बढावा दिन स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । आगामी नयाँ शैक्षिकसत्र विसं २०७७ देखि नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको पाठ्यक्रम लागू गर्ने जनाएको छ ।

पाठ्यक्रम कक्षा एकदेखि आठसम्म लागू हुने गरी एक सय पूर्णाङ्कको सो पाठ्यक्रम वर्षमा चार क्रेडिट आवर पढाउने तयारी अघि बढाइएको नगरपालिकाका प्रमुख शिक्षा अधिकृत रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस पुस्तकको नाम नै स्थानीय पाठ्यक्रम रहने भएको छ । नगरपालिकाको ऐतिहासिक परिचयदेखि पूर्वीय दर्शन र मूल्यमान्यताका बारेका सम्पूर्ण कुरा समेटेका छौँ ।” नगरपालिकामा ४२ संस्थागत र १५ सामुदायिक गरी ५७ विद्यालय रहेकाछन् । ती विद्यालयमा एकैसाथ सो पाठ्यक्रम लागू गरिने तयारी भइसकेको नगरपालिकाले जनाएको छ ।

त्यस्तैगरीविद्यालयका शिक्षक, समाजसेवी र जनप्रतिनिधिबीच छलफल र सहमति भई रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । नगरपालिकाले त्यहाँका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमलाई विशेष जोड दिँदै आएको छ ।
नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयबीचको शिक्षा सुधारका लागि समय समयमा साझेदारी कार्यक्रम पनि हुने गर्दछ ।त्यस्तै यस किसिमको साझेदारी कार्यक्रमले शिक्षक शिक्षकबीच ज्ञान र प्रविधिको आदानप्रदान भई सकारात्मक प्रतिस्पर्धा बढाएको नगरपालिका उपप्रमुख निर्मला थापाले बताउनुभयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १२ : ३३ बजे