३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दोलखाको भीमेश्वर मन्दिरमा पसिना


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

८ फागुन ०७६, दोलखा । दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आएको छ । आज बिहान ६ः४५ बजेबाट मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिहान ६ः४५ बजे शिलामा पसिना आएको र ८ः२५ बजे रोकिएको थियो ।
आज मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको स्थानीय शान्तकृष्ण श्रेष्ठले बताउनुभयो । दोलखामा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको उहाँले बताउनुभयो । भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ । क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाउने लागेको उहाँले बताउनुभयो ।
मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीय शिवजी प्रधानले बताउनुभयो । भीमेश्वरको चट्टानको विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित टोली बिहान ७ः०० बजे मन्दिरस्थल पुग्नुभएको छ ।
सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  २ : १५ बजे