३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सञ्चारमन्त्रीको राजीनामा माग गर्दै, प्रतिपक्षीद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

८ फाल्गुन ०७६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उहाँको श्रव्य सामग्री छानबिन गर्न माग गरेको छ ।

त्यस्तैगरी त्यहि माग राखी पार्टीका सांसदले राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गरेका छन् । सभाको आजको बैठक शुरु हुनेबित्तिकै काँग्रेस सांसदले उठेर विरोध जनाउदै । सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसदलाई बस्न पटकपटक आग्रह गरे पनि उठेर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले दिनुभएको समयमा काँग्रेसका जीतेन्द्रनारायण देवले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशील हुने प्रतिबद्धता जनाए पनि सुचना तथा सञ्चार मन्त्री एवं सरकारको प्रवक्तासमेत रहनुभएका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा रु ७० करोडदेखि ७५ करोडसम्म कमिशन मागेको’ भन्दै त्यसको निष्पक्ष छानबिन नभएसम्म संसद् चल्न नसक्ने बताएका थिए ।

काँग्रेसले अविलम्ब सञ्चारमन्त्रीलाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न र सो घटनाका विषयमा संसद्लाई जानकारी गराउन प्रधानमन्त्रीसँग माग गरेक छन् ।

अध्यक्ष तिमल्सिनाले पटकपटक बस्न आग्रह गरे पनि काँग्रेस सांसदले उठेर विरोध जनाएपछि बैठक यही फागुन १५ गते बिहीबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  २ : ५६ बजे