२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कालीगण्डकी विद्युत्गृह मर्मतका लागि तीन दिन बन्द


९ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

९ फाल्गुन ०७६, काठमाडौं । देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त जलविद्युत् आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको कूल १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना मर्मतका लागि बन्द गरिएको हो ।

प्राधिकरणका अनुसार आयोजना तीन दिन बन्द हुनेछ । विद्युत्गृहको पहिलो युनिटको मुख्य इन्लेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेदेखि विद्युत् उत्पादन बन्द गरी मर्मत शुरु गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

त्यस्तैगरी नदीमा पानी घटेका कारण हाल दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको सो अर्धजलाशययुक्त आयोजना हरेक वर्ष मर्मतका लागि बन्द गरिँदै आएको छ । स्याङ्जाको मिर्मीमा रहेको सो आयोजनाको विद्युत्गृहमा कूल ४८÷४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिँदै आएको छ ।

त्यस्तै देशकै ठूलो विद्युत्गृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिम भेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुनसक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

https://www.youtube.com/@lalitkhabar

उहाँले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको बिदालाई ध्यान दिएर मर्मत शुरु गरिएको जानकारी दिनुभयो ।

बिदाको समयमा विद्युत् माग कम हुने भएकाले त्यही समयलाई उपयोग गरिएको प्राधिकरणले जनाएको छ । उहाँले भन्नुभयो, “खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युत्गृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ, आम उपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोबस्ती गरेका छौँ, तर बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्ने छ ।” सो विद्युत्गृहका प्रमुख पशुपतिराज गौतमले २४सै घण्टा काम गरेर मर्मतकार्य सम्पन्न गरिने जानकारी दिनुभयो ।
हाल मर्मत कार्यका लागि ३७ प्राविधिक खटिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।